नोभेम्बर १२ मा अष्ट्रेलियामा अनलाइन म्यूजिक फेस्टिबल आयोजना हुँदै;

नेपालबाट भने दिउँसो १ बजे ताण्डव इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट स्ट्रिमको यूट्यूब पृष्ठबाट लाइभ हेर्न सकिन्छ ।

नोभेम्बर १२ मा अष्ट्रेलियामा अनलाइन म्यूजिक फेस्टिबल आयोजना हुँदै;

ताण्डव इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट र यूनिभर्सल थट कल्सल्ट(युटिसी) को संयुक्त आयोजनामा सिड्नीअष्ट्रेलिया नोभेम्बर १२ साँझ ६ बजे अनलाइन म्यूजिक फेस्टिबल २०२० आयोजना हुदैँ छ ।

यस उत्साहजनक कार्यक्रममा विश्वका विभिन्न क्षेत्रका संगीतकारहरूको गित/संगीत प्रदर्शन गरिने छ । मूल रूपमा कलाकारहरूबाट सबै भिडियोहरू कम्पाइल गरेर ताण्डव इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट स्ट्रिमको यूट्यूब पृष्ठ बाट लाइभ प्रसारण गरिनेछ ।

ताण्डव इभेन्ट महामारीको बिचमा जुलाई २०२० मा गठन भएको थियो। यो ताण्डव इभेन्ट को पहिलो कार्यक्रम हो ।

कति संगीतकारहरू अनलाइन संगीत महोत्सवमा प्रस्तुति दिदैं छन्?

यस कार्यक्रममा ६ जना संगीतकारहरू को उपस्थिति रहने छ ।

१. प्रश्न शुन्य

२. योगेश रेग्मी (कुश ब्यान्ड नेपाल)

३. रोहित पौडेल एकल प्रदर्शन गर्दै (एक्रोलिसिस, मोक्ष)

अन्य गायक / कलाकार

१. सन्नी तुलाधर (लोकप्रिय ब्यान्ड जिन्दाबाद , एसटी कस्टम गितार)

२. ब्यान्ड जिन्दाबादबाट राजन श्रेष्ठ ('फाटकाउली' लिएर)

३.सेन्सिमिलिया (पर्थ)

"नेपलिज् म्युजिसियन इन अष्ट्रेलिया"  को सानो पृष्ठभूमि

नेपलिज् म्युजिसियन इन अष्ट्रेलिया एक फेसबुक समूह हो जस्को लक्ष्य सबै कलाकारहरूलाई एकताबद्ध रूपमा प्रमोट गर्नु हो। लकडाउनको क्रममा उक्त समूहले 'रक फर होम कन्सर्ट' को आयोजना गर्‍यो जहाँ प्रत्येक दिन लगभग २ महिना सम्म विभिन्न कलाकारहरू ले आफ्नै घरबाट प्रत्यक्ष प्रदर्शन गरे ।

नोभेम्बर १२ मा ताण्डव इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट र यूनिभर्सल थट कल्सल्ट(युटिसी) को संयुक्त आयोजनामा सिड्नीअष्ट्रेलिया मा आयोजना हुने अनलाइन म्यूजिक फेस्टिबल २०२० नेपालबाट भने दिउँसो १ बजे ताण्डव इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट स्ट्रिमको यूट्यूब पृष्ठबाट लाइभ हेर्न सकिन्छ ।