कोरोनाले रोक्न नसकेको दैलो , झनै गति लिँदै दैलो फुड बक्स

कोरोनाले रोक्न नसकेको दैलो , झनै गति लिँदै दैलो फुड बक्स

यतिबेला विश्व कोरोना संक्रमणको चुनौती र यसको जोखिमलाई सामना गरिरहेको छ। नेपाल पनि केही महिना अगाडिको लकडाउन पश्चात् प्रत्यक्ष र परोक्ष बढ्दो जोखिम संग सामना गरिरहेको छ।

 

 वित्तिय, व्यवसाय, उधोग सारा अर्थतन्त्र यस चुनौतिसंग सामना मात्र गरिरहेको छैन उपभोक्ताको रुचि र आफू वातावरणमा रमाउन स्वतन्त्रता पनि संक्रमणको जोखिमले अवरोध पुर्याईरहेको छ। 

 

 

 यस्तो कोरोना संक्रमणको माहोलमा पनि पोखरको महेन्द्रपुल निभा गल्लि स्थित दैलो फुड बक्सको संचालन भने केही अनपेक्षित रुपमा गति लिदैछ। व्यस्त सहर महेन्द्रपुलको निभा गल्लिबाट आफ्नो सेवा दैलो फुड एण्ड रेष्टुरेन्टले दिदै आईरहेको छ।

 

सारा रेष्टुरेन्ट, होटेलहरु र व्यवसाय सुक्का बनिरहेको परिपेक्षमा रेष्टुरेन्टमा चहलपहल र दिनप्रतिदिनको लोकप्रियता बढ्नुको कारण ग्राहकको स्वास्थ्य सुरक्षात्मक सतर्कता संगै ग्रहकको स्वाद र आवस्यकतालाई ध्यानमा राख्दै ग्राहकलाई रेष्टुरेन्टमा दिने सेवा र ग्राहकको दैलो सम्म पुर्याउने होम डेलिभरी सर्भिस प्रमुख कारण हो। 

 

रेष्टुरेन्ट सञ्चालन गर्दै आईरहेका सञ्जय आले मगर बताउछ्न "ग्राहकको सन्तुष्टिनै हाम्रो सेवाको पहिलो सर्त हो। हाम्रो गुणस्तरीय सेवानै ग्राहकको पहिलो रोजाई बनिरहेको छ।" 

 

दैलो फुड बक्स ग्राहकको दैलो सम्म पुर्याउने सेवाले कोरोना संक्रमण जोखिम कम र ग्राहकको आवस्यकताको परिपुर्ति गरिरहेको छ। 

 

रेष्टुरेन्टका नियमित ग्राहकको रुपमा परिचय दिने गौरव बराल भन्छन व्यस्त सहरको विचमा पनि आनन्दमय आकर्षित वातावरण र सुरक्षित स्वादिष्ट गुणस्तरीय सेवाको कारण मेरो पहिलो रोजाईको रुपमा दैलो फुड बकस भएको छ। कोरोना बढ्दो जोखिम संगै दैलो रेष्टुरेन्टले दैलो सम्मै पुर्याउने सेवाको कारण म झन आकर्षित भएर सेवा लिन थाले र आफ्नो आवस्यकता अनुसार सहजरूपमा घरबाटै दैलो फुड बक्स सेवा प्रयोग गरी सन्तुष्टि लिइरहेको छु।