एलिजा र आशिष अभिनित ‘ यो धड्कन ' गीत सार्वजनिक

एलिजा र आशिष अभिनित ‘ यो धड्कन ' गीत सार्वजनिक

काठमाडौं, २४ कार्तिक । नायिका एलिजा गौतम र मोडल आशिष कुमार अभिनित ‘यो धड्कन’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ ।

 

 गीतमा अस्मिता अधिकारी र विशाल निरौलाको स्वर रहेको छ भने शब्द, रचना भरत रौनियारको हो । गीतमा खेम सारु मगरले संगीत दिनुभएको छ । भिडिओको निर्देशन गोविन्द राईले गरेका हुन भने छायाँकन एलेन मगरले गरेका हुन् । 

 

मिक्सडिया ग्रुपको प्रस्तुति विशाल निरौलाको युट्युब च्यानलमा अपलोड गरिएको छ ।

 

 भिडिओ हेरौं :