मुम्बईले डिफेन्ड गर्यो टाइटल , पाँचौ पटक आइपिएल च्याम्पियन

मुम्बईले डिफेन्ड गर्यो टाइटल , पाँचौ पटक आइपिएल च्याम्पियन

मंगलबार युएईको दुबईमा भएको १३औं संस्करणको उपाधि भिडन्तमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो। 

 

यसअघि मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो। पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि जितेर इतिहास बनाउन सकेन ।

 

 दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १५६ रन जोड्यो। दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले ५ विकेटको क्षतिमा १८.४ ओभरमा सहज रुपमा पार गर्‍यो।