आज बढ्यो सुन चाँदीको भाउ

आज बढ्यो सुन चाँदीको भाउ

काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार ९ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।