झापामा देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यलयको आग्रह

नाचगानलगायत भीडभाड हुने कुनै पनि कार्य नगर्ने र नगराउने निर्णय गरेको हो।

झापामा देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यलयको आग्रह

तिहारमा खेल्ने सामूहिक देउसी–भैलो र नाचगानमाथि जिल्ला प्रशासन कार्यालय झापाले रोक लगाउने निर्णय गरेको छ। साथै प्रशासनले छठ पर्व आआफ्नो घर आँगनमा मनाउन जिल्लावासी समक्ष अनुरोध समेत गरेका छन्।

कोरोना भाइरस सङ्क्रमणबाट बँच्न र बचाउन प्रशासनले यस्तो निर्णय गरेको छ। बैठकले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै दीपावली अर्थात् तिहारमा देउसी भैलो, नाचगानलगायत भीडभाड हुने कुनै पनि कार्य नगर्ने र नगराउने निर्णय गरेको हो।

त्यस्ता कार्य गर्ने व्यक्ति तथा समूहलाई कानुनबमोजिम कारबाही गर्ने र कोभिड संक्रमणको दरलाई मध्यनजर गर्दै यस वर्षको छठ पर्व आआफ्नै घर आँगनमा कुण्ड बनाई पूजाआजा गरी मनाउन सबैमा अनुरोध गरिएको छ