फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ।

छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ तोकिएको नपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम छ ।