रमेशनाथ पाण्डेलाई जापान सरकारद्वारा सम्मान

रमेशनाथ पाण्डेलाई जापान सरकारद्वारा सम्मान

नेपाली समाजको विकास, रुपान्तरण तथा देशलाई विश्व समुदायमाझ प्रभावकारी रुपमा उपस्थित गराउन पहल गर्ने रमेशनाथ पाण्डेलाई जापान सरकारले सम्मान गरेको छ।

विश्वका विभिन्न मुलुकको राजनीतिक तथा प्रशासनिक जिम्मेवारीमा रहेर कुटनैतिक सम्बन्ध प्रगाढ बनाउने कार्यमा तल्लिन व्यक्तित्वलाई जापान सरकारले वर्षेनी गर्ने सम्मान Grand Cordon of the Rising Sun बाट नेपालका भूतपूर्व परराष्ट्र मन्त्री, लेखक तथा राजनीतिज्ञ श्री रमेशनाथ पाण्डे सम्मानित भएका छन्।

छिमेकी मुलुक भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, आधुनिक मलेसिया निर्माणका अभियन्ता लि क्वानसहित विश्व राजनीतिक रङ्गमञ्चका अनेकन हस्तीले पाउँदै आएको एउटा प्रतिष्ठित सम्मान यसपालि भने नेपालीको पोल्टोमा परेको हो।