कोरोना विरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको दावी

अमेरिकी कम्पनी मोडेर्नाले तयार पारेको कोरोना विरूद्धको भ्याक्सिन झण्डै ९५ प्रतिशत प्रभावकारी

कोरोना विरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको दावी

अमेरिकी कम्पनी मोडेर्नाले तयार पारेको कोरोना विरूद्धको भ्याक्सिन झण्डै ९५ प्रतिशत प्रभावकारी देखिएको दावी गरिएको छ ।

यसको नतिजा यसअघि जर्मन कम्पनी फाइजरको भन्दा बढी प्रभावकारी देखिएको बीबीसीले जनाएको छ । यसअघि फाइजरले तयार गरेको भ्याक्सिन झण्ढै ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो । 

मोडेर्नाले जारी गरेको विज्ञप्तिमा प्रारम्भिक तथ्यांकको आधारमा खोपको नतिजा ९४.५ प्रतिशत प्रभावकारी देखिएको दावी गरिएको छ । 

यसअघि फाइजर र अहिले मोडेर्नाको नतिजाबाट विश्व समूदायमा कोरोना विरुद्ध लड्न नयाँ आशा थपिएको छ । मोडेर्नाको खोप अमेरिकामा ३० हजार मानिसमा परीक्षण गरिएको थियो भने यसमा विभिन्न प्रक्रिया र चरण रहेका थिए । यो खबर रातोपाटिमा छापिएको छ ।

स्रोत: ratopati.com