नितिशकुमारको बिहारमा सातौं कार्यकाल सुरु , यो लगातारको चौथो पटक

नितिशकुमारको बिहारमा सातौं कार्यकाल सुरु , यो लगातारको चौथो पटक

मंसिर-०२ , नयाँ दिल्ली । जनता दल युनाइडेटका अध्यक्ष समेत रहनुभएका नीतिशकुमार भारतको विहार राज्यको मुख्यमन्त्रीका रुपमा लगातार चौथो कार्यकालको लागि छनिनुभएको थियो । उहाले सोमबार सपथ ग्रहण गरी आफ्नो नयाँ कार्यकाल सुरु गर्नुभएको छ । 

 

  उहाँ यो समेत गरेर सातौं पटक मुख्यमन्त्री हुनुभएको हो । सपथग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह, भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नन्दालगायतका विशिष्ट व्यक्तिहरु सहभागी हुनुभएको थियो ।