कोभिडलाई नियन्त्रणमा लिन चिनियाँ खोप ‘मध्य चरणको परीक्षणमा सफल’

कोभिडलाई नियन्त्रणमा लिन चिनियाँ खोप मध्य चरणको परीक्षणमा सफल भएको छ।

कोभिडलाई नियन्त्रणमा लिन चिनियाँ खोप ‘मध्य चरणको परीक्षणमा सफल’

बेइजिङ — कोभिड–१९ विरुद्ध चीनले विकसित गरेको खोपले मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोपहरू तयार गरिरहेको छ । तीमध्ये केही खोप स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा लगाइसकिएको छ ।

सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोग प्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । उक्त परीक्षण ७ सय ४४ जनामा गरिएको हो ।

युरोप तथा अमेरिकामा निर्मित खोपहरूको ठूलो स्तरको परीक्षणका आधारमा ती खोपहरू सफल रहेका समाचार आइरहेका बेला चिनियाँ अनुसन्धानकर्ताहरूको घोषणा सार्वजनिक भएको हो । अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीनवटा खोपहरूको परीक्षणका तथ्यांकहरूका आधारमा ती खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ ।