पछिल्लो घण्टामा २१०३ जना कोरोना संक्रमित थपिए , २८५८ डिस्चार्ज

पछिल्लो घण्टामा २१०३ जना कोरोना संक्रमित थपिए , २८५८ डिस्चार्ज

४ मंसिर , काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २,१५,०२० पुगेको छ।

 

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८५८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

 

यससँगै हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ ।