चेल्सीद्वारा न्युकासल २–० ले पराजित

चेल्सीद्वारा न्युकासल २–० ले पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा चेल्सीले न्युकासल युनाइटेडलाई २–० ले हराएको छ । जितसँगै चेल्सी युरोपेली च्याम्पियन्स लिगको मध्यसातामा हुने खेल अगाडि बलियो स्थितिमा रहेको छ ।

चेल्सीले बुधबार फ्रान्सेली प्रतिद्वन्द्वी रेनेसविरुद्ध खेल्नेछ । यो जितपछि चेल्सीको ९ खेलबाट १८ अंक भएको छ । न्युकासल भने ११ अंकमा १३ औं स्थानमा रह्यो ।

खेलको दसौं मिनेटमा चेल्सीले आत्मघाती गोलको उपहार प्राप्त गरेको थियो र यो दुर्भाग्यशाली गोल गर्ने खेलाडी फेडरिको फर्नान्डेज रहे । खेलको ६५ औं मिनेटमा टमी अब्राहिमले चेल्सीका लागि दोस्रो गोल गरे ।