चर्चित नाम भन्दा अनुभवी व्यक्ति छान्दै बाइडन

चर्चित नाम भन्दा अनुभवी व्यक्ति छान्दै बाइडन

राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो हार स्वीकार्ने पक्षमा छैनन् । तथापि अचेल उनी पहिले भन्दा केही लचिलो देखिदैछन्। तर निर्वाचित जो बाइडन चुप बसेका छैनन् । उनले आफ्नो कार्यकालका लागि केही पदहरूमा व्यक्तिहरु मनोनित गरिसकेका छन् ।

 

उनले मनोनित गरेका नामहरुमा कुनै चर्चित राजनीतिक नाम छैनन् । उनले विज्ञता र अनुभव भएका व्यक्तिहरूलाई मौका दिन देखिएको छ । उनले एन्टनी ब्लिनकेन , अलेजन्द्रो मायोरकास , एभरील हाइन्स आदि लाई मनोनित गरिसकेका छन् र छिट्टै नै आधिकारिक रूपमा अझै नामहरू आउने नै छन् ।