नेपाली क्रिकेटकाे ढुकढुकी पारस आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड अवार्डको मनोनयनमा

पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो । उनी अझै पनि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।

नेपाली क्रिकेटकाे ढुकढुकी पारस आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड अवार्...

९ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको ' आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड ’ अवार्डको मनोनयनमा नेपाली क्रिकेटका ढुकढुकी पूर्वकप्तान पारस खड्का सहित ६ खेलाडी परेका हुन् । मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर , कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन् । नेपालबाट पारस मात्रै मनोनयनमा छानिएका हुन। 

 

सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका थिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो । उनी अझै पनि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।    

 

आफूले चाहेको खेलाडीलाई भोट गर्न तलको लिंकमा जानुहोस् । 

भोट गर्न यहाँ क्लिक गर्नुहोस् !!

तस्बिर : पारस खड्काको इन्स्टाग्राम बाट