अटल पिङ्गलास्थान र ECLF Nepal ले सफलतापूर्वक आयोजना गरे दृष्यकला कार्यशाला

कार्यक्रममा सहभागीले मुकुण्डो , फूलदानी , फोटो फ्रेम , भास जस्ता सामाग्रीहरू बनाएका थिए

अटल पिङ्गलास्थान र ECLF Nepal ले सफलतापूर्वक आयोजना गरे दृष्यकला कार्य...

आज लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान तथा लायन्स क्लव अफ काठमाडौं अटल पिङ्गलास्थानले काठमाडौँको मालीगाउँ स्थित सुनगाभा बाटिका नेपालमा दृष्यकला कार्यशाला ( Workshop on Visual Arts ) को सफलतपूर्वक आयोजना गरेको छ ।

उक्त कार्यशालाको ECLF Nepal ले चलाएको थियो। कार्यक्रममा सहभागीले मुकुण्डो , फूलदानी , फोटो फ्रेम , भास जस्ता सामाग्रीहरू बनाएका थिए ।

 पुन: प्रयोज्य सामग्रीको साथ सिर्जनात्मकता बढाउँदै भन्ने नाराका साथ कुनै पनि सामग्री खेर नफाली पुन प्रयोग गर्न सकिन्छ भनेर कार्यशालाको सहभागीलाई राम्ररी बुझायो ।

कार्यक्रममा लायन तथा लियो लिडरहरुको सहभागिता थियो । कार्यशालामा २५ बढी सहभागी थिए ।कार्यक्रममा लायन्स वर्ष २०/२१ बि ए नेपालका मन बहादुर रोका जिल्ला सल्लाहकार लायन बिमला कुमारी श्रेष्ठ , जोन चेयरपर्सन मिना कुमारी श्रेष्ठ लगायत जिल्ला पदाधिकारीका साथसाथै लायन्स/लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थानका लायन्स लायन्स सुष्मा रेग्मी , लायन्स १९/२० का पूर्व अध्यक्ष लायन्स दुर्गा थापा र लियो जिल्ला पदाधिकारीका लियो प्रकाश थापा , लियो रामेश्वर शर्मा भुर्तेल , लियो प्रवेश कुमार कार्की , लियो र लायन्स परिवारका अन्य उपस्थित जनाउनु भएको थियो ।

प्रथम भिपी लायन राधा श्रेष्ठ, तेस्रो भिपी लायन बिन्दिका गुरुङ, हाम्रो किड्स जोन प्रि स्कुलकी प्रिन्सिपल मनिता महर्जन, ECLF की सदस्य ज्ञानु महर्जन, अर्ली चाइल्डहुड लाङटाङ फाउन्डेसन का चियरपर्शन राजाराम महर्जन र स्मल वन्डर ल्यान्ड की प्रिन्सिपल बन्दना श्रेष्ठ लगाएतको उक्त कार्यक्रममा उपस्थिति थियो।