उम्मेद्धार सुबोद गुप्तालाई ४ प्रश्न

सर्वप्रथम कृषीमा लगानी बढाउनुका साथै बैज्ञानिककरण र आधुनिककरण गर्नु पर्ने अहिलेको प्रमुख आवश्यकता रहेको छ।सुबोध गुप्ता

उम्मेद्धार सुबोद गुप्तालाई ४ प्रश्न

“नेपाल उद्योग बाणिज्य महासंघको ५४ वार्षिक साधारण सभा तथा अधिवेशनमा रमेशलाल श्रेष्ठका पक्षबाट केन्द्रीय कार्यसमिती सदस्यका उम्मेद्धार सुबोद गुप्ता संग सहकर्मी (पर्सा सवांददाता) अनिल साह संगको कुराकानीमा ४ प्रश्न”

१. सुबोध गुप्ता ज्यू तपाईको उम्मेद्धारी केका लागी ?

वीरगञ्जका उद्योग र व्यापारका व्यपारीहरूको धेरै जस्तो समस्याहरू यस्ता छन् कि यो समस्या अझै समाधान हुनसकेको छैन । लगायत यहाँका उद्योगी कोरीडोर, हुलाकी राजमार्ग, भास्ट ट्रयाक, राजमार्ग, थप निमार्ण कुराहरू लगायत धेरै यसता समस्याहरू छन्। यसको उत्थानको लागी मलाई लाग्छ कि यो चुनावमा हाम्रो टिमको जित हुनु भनेको सरकार संग यो सब कुराको सम्बोधन गराउने छ र मेरो जित हुनु भनेको नै सम्पुर्ण वीरगञ्ज वासिको जित हुने छ ।

२.तपाईको टिम संग कस्ता एजेन्डा छन् जसले तपाईलाई भारी मतले जिताउन प्रोत्साहन गर्छ ? 

सम्पुर्ण उद्योगी व्यपारीहरू एवंम वस्तुगतका साथीहरूको मुद्दाहरूलाई एकमुष्ठ सम्बन्धीत ठाउमा लगी समाधान गराउने र म सुबोध गुप्ता मेरो आफ्नो मुद्दा भन्दा पनि सम्पुर्ण साथीहरूका किनभने हाम्रो जतिपनी साथीहरू हुनु हुन्छ सबै राष्ट्रिय अध्यक्ष नै हुनु हुन्छ त्यसकारण यसलाई नेपाल सरकार संग समन्वय र सहकार्य गर्ने हाम्रो पहिलो एजेन्डा हुने छ । र नेपाललाई आत्मनिभर्ता बनाउन आयातमुखी अर्थतन्त्रलाई परीर्वतन गरी निर्यात मुखी अर्थतन्त्रलाई कसरी स्थापना गर्ने मा पनि जोड दिने छौँ ।

३. विरगञ्ज मधेशमा हुने आन्दोलनको एउटा केन्द्र बिन्दु हो, उद्योगी व्यापारीहरूमा त्रास भएको भन्दै वीरगञ्जका उद्योगी व्यापारी यहाँबाट बिस्थापित भएको कुरा सुन्दा यसलाई सुदृढ गर्न के के गर्नु हुन्छ ?

यो सन्दर्भमा केहि मिडियाका साथीहरू जो कुदृष्टी भएका साथीहरू हुनु हुन्छ । वहाँहरूद्धारा यो भ्रम फैलाइएको हो । तर वीरगञ्जबाट कुनै उद्योगी व्यापारी कहिकतै पलायन भएका छैन्नन् र वीरगञ्ज कोरीडोर भनेको बारा, पर्सा, र रौटहटलाई मानिन्छ । यसलाई डाटा बेसमा हेर्ने हो भने हाल यसमा १००० देखी १५०० उद्योगहरू संचालनमा रहेका छन्।

 र यहिकुरा पुर्व पश्चिमको हेर्ने हो भने ४०० देखि ५०० सम्म उद्योग संचालनमा रहेका छन् र अर्को कुरा कुनै आन्दोलनबन्दीले हामीलाई खासै असर पुर्याएको छैन । केहि हदसम्म उद्योगी व्यपारीहरूलाई देशको परिस्थिती अनुसार क्षणिक सास्ती हुन सक्छ तर एकैपल्ट बिस्थापित हुनु पर्ने अवस्था आएको छैन अहिले पनि कोभिड १९ ले जे जस्तो प्रभाव पारेपनि वीरगञ्जका ७० देखी ८० प्रतीशत उद्योग संचालनमा रहेका छन । 

४. नेपाल कृषीप्रधान देश हो तर यसलाई नारामा मात्र सिमीत भएको देखीयो । किसानले भोग्दै आईरहेका समस्याहरूलाई तपाईको टिम निर्वाचित भईसकेपछी के के कामहरू गर्नु हुन्छ ?

वास्तवमा नेपाल कृषीप्रधान देश त भनिन्छ तर यो एउटा नारामा मात्र सिमीत भएको छ । यो बडो बिडम्बनाको कुरा हो जुन खाद्यहरू हामीले यहाबाट निर्यात गर्नु पर्नेमा हामी ले आयात गर्नुपरेको छ र यसमा म सुुबोध गुप्ता के भन्नचाहन्छु भने कृषीकरणलाई अझप्रभावकारी बनाउन अधुनिककरण र बैज्ञानिककरण गरी कृषी क्षेत्रमा लगानी गर्नु नै अहिलेको प्रमुख अवश्यकता हो र हामी कृषी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी हामी अगाडी बड्ने छौँ ।  

कृषीमा आधुनिककरण र औधोगिक क्रान्ति बिना राष्ट्रको समृद्धि असम्भव छ । सर्वप्रथम कृषीमा लगानी बढाउनुका साथै बैज्ञानिककरण र आधुनिककरण गर्नु पर्ने अहिलेको प्रमुख आवश्यकता रहेको छ।सुबोध गुप्ता