दमौली,आबुखैरेनी मा बस खहरे खोला मा खस्यो

दुर्घटनामा परेका १८ जना मध्ये २ जना गम्भिर घाइते र ११ जना सामान्य रहेका छन ।

दमौली,आबुखैरेनी मा बस खहरे खोला मा खस्यो

दमौली,आबुखैरेनी गाउपालिका बडा न ३ मिलनचोकमा बेनिबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस खहरे खोलाबाट खस्दा १८ जना घाइते भएका छन । दुर्घटनामा परेका १८ जना मध्ये २ जना गम्भिर घाइते र ११ जना सामान्य रहेका छन । उनीहरुको आँबुखैरेनी स्वास्थ्य चौकीमा प्रथमिक उपचार पश्चात आँबुखैरेनी हार्डजोर्नी अस्पताल तथा चितवन स्थित विभिन्न अस्पतालमा प्रेशण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बस पुलबाट केही तल खसेको छ ।घटनाको बारेमा थप अनुसन्धान भइ रहेको छ ।