बलात्कारको आरोपमा सिरहामा मौलान पक्राऊ

बलात्कारको आरोपमा सिरहामा मौलान पक्राऊ

झारफुकको बहानामा बलात्कार गरेको भन्दै सिरहाको मिर्चैया नगरपालिका १० घर भई हाल लहान १० ग्रामीण चौकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसनलाई प्रहरीले पक्राउ गरेको हो।

 

मौलानासँग झारफुक गराउन आएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको युवतीले बताएकी छिन्।

बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

 

ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तको आरोप छ। मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् ।