गुल्मीमा जिप दुर्घटना , ५ को मृत्यु २ घाइते

गुल्मीमा जिप दुर्घटना , ५ को मृत्यु २ घाइते

गुल्मीको इस्मा गाउपालिका ४ हुलमा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन।

 

तम्घास -इस्मा मैदान -हुल रुटमा चल्ने लु१ ज ११६६ नम्बरको जीप सवारी चलाउदै गर्दा एक्कासि अनियंत्रित भएर करिब आधा किलोमीटर तल जुकेपानि भन्ने स्थानमा खसेको हो।

 

जीपमा सवार इस्मा गाउपलिका ४ हुलका बर्ष ६५ का डम्बर बहादुर हितान,३५ बर्षका शिव बहादुर दर्लामी,३० बर्षका वसन्त बहादुर दर्लामी,३३ बर्षका धन बहादुर दर्लामी र मालिका गाउपालिकाकी बर्ष ८० कि सुन्दरी थापाको घटना स्थलमै मृत्यु भएको छ।जीपमै सवार १९ बर्षका फोर्स बहादुर थापा गम्भीर घाइते र २८ बर्षकि सरस्वती दर्लामीको टाउको र हातमा भचिएको र सहचालक २५ बर्षका कमल हितानलाई सामन्य चोट लागेको अस्थाइ प्रहरी चौकि इस्माका इन्चार्ज मोहलाल अधिकारिले जानकरी दिएका छन ।

 नेपाल रिपोर्ट्स संवाददाता एम.डी. मगर