म कसरी निदाउ तिमी बलात्कार हुदै गर्दा

सामाजिक अभियन्ताहरु, राजनितिक दलका नेता तथा कार्यकर्ताहरु अव सडकमा र सदनमा मात्र गएर भएन हाम्रो घर घरमा मन मनमा जानु प¥यो

म कसरी निदाउ तिमी बलात्कार हुदै गर्दा


बैनी तिमी आफ्नै गाउँको नाताले दाई पर्ने नरपिचासबाट बलात्कृत भईरहेकी छौ म कसरी चैनले निदाउन
सक्छु र । छोरी तिम्रो यौनाब्ग नै विकास नभई तिमीमाथि कुनै पापीले यौनदुव्र्यावहार गरी रहदा कसरी ढुक्क
भएर बस्न सक्छुर म ! हामी कहाँ छौ ? के गर्दै छौं ? हामी एउटा पढेलेखेका नारी भएर पनि किन नारी माथि
भएका जघन्य अपराध प्रति अमुक झै चुपचाप छांै ! आज हरेक दिन रेडियो, अनलाइन, सामाजिक संजाल,
टेलिभिजनमा आउने समाचारमा २ बर्ष देखि १८ बर्ष की बालिकालाई बलात्कार गरि मृत अवश्थामा जंगलमा,
गोठमा, मन्दिरमा, बाटोमा खोला किनारमा अथवा यस्ता कुनै ठाउँमा भेटियो भनी आउने गर्दछ । किन हिजो
भन्दा आज, आज भन्दा भोली यस्ता अपराधिक घटनाहरुले पश्रय पाउदैछ हाम्रो समाजमा । हरेक दिनका यस्ता
समाचारले मेरो मात्रै हैन हरेक सज्जनहरुको निद्रा भङ्ग भएकोहुनुपर्दछ ।

हरेक दिनको साँझमा समाचार सुन्यो
कतै आप्नै बाबुले छोरीलाई बलात्कार गरेको, कतै दाजुले बैनिलाई, छिमेकिले बलात्कार गरेको, मामाले
बलात्कार गरेको त कतै मामाको छोरा, ससुरा त कतै जेठाजु देवर यस्तै यस्तै । किन ! किन गर्दछन पुरुषले
महिला माथि यस्तो अपराध अझ भन्नु पर्दा पुरुषले बालिकालाई बलात्कार आखिर किन ? अनि फेरी आफ्नै
नाता भित्रका पुरुषले नै किन ? जो नजिक मानिएकाछन जस्तो दाजुको साथी, भाईको साथी, साथीको दाजु,
काकाको साथी, मामाको साथी, छिमेकी दाजु यस्तै यस्तै ।

विश्वको तथ्याबक अनुसार संसारभर प्रत्येक ३ जना
महिला मध्ये १ जना महिला आफ्नो जिवनभर चिनेको जानेको पुरुषबाट कुनै न कुनै रुपमा यौंनिक हिंसामा
परेका हुन्छन भन्ने कुरा विभिन्न अनुसन्धान बाट देखिएकोछ । त्यस्तै ३५÷४० प्रतिशत महिला घरपरिवारबाटै
हिंसामा पर्ने गरेको पाईन्छ । कोरोनाको बन्दावन्दीको समयमा दैनिक ७ बटा बलात्कार र बलात्कारपछि
हत्याका घटनाहरु भएको तथ्यांकले देखाउदछ । त्यस्तै २०७६ चैत देखि २०७७ भदौ सम्मको तथ्यांक अनुसार
१२२१ बलात्कारको घटना र लैब्गिक हिंसाका कारण ४७ महिलाको हत्या भएको देखाएको छ । २०७७
बैसाखदेखि भदौसम्मको तथ्यांक हेर्दा ३१९ बलात्कारको घटना मध्ये ७५ प्रतिशत २–१८ बर्षमुनिका बालिका
बलत्कृत भएको देखिन्छ । साथै बलात्कारका घटना मध्ये ९० प्रतिशत बलात्कार आफुले चिने जानेका,
परिचित, आफ्नत पर्ने, छिमेकी तथा आफ्नै गाउँ ठाउँका पुरुषबाट भएको देखिन्छ ।
बलात्कार गर्नु भनेको जुनसुकै उमेरको भए पनि कुनै पनि महिलालाई विना मन्जुरी जवरजस्ती यौन सम्वन्ध
राख्नु हो । कानूनी भाषामा भन्नेहो भने मुलुकी अपराध संहिता २०७४ परिच्छेद १८ को दफा २१९ मा
जवर्जस्ती करणी गर्न नहुनेः (१) कसैले जवर्जस्ती करणी गर्न हुदैन । (२) कसैले कुनै महिलालाई निजको
मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार बर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी
गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ । (क) करकाप, अनुचित प्रभाव,
डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, (
ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, (ग) गुदद्वार वा मुखमा लिङ्ग

म कसरी निदाउ तिमी बलात्कार हुदै गर्दा

पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केहीमात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश
गराएमा पनि जवर्जस्ती करणी गरेको मानिनेछ ।
अब हाल कानूनमा भएको कानुनी कारवाही तथा सजायको कुरा गर्ने हो भने पनि त्यस्तो फितलो छैन ।
अवस्था हेरी तीन बर्ष देखि जन्म कैद सम्म हुने साथै पिडितलाई क्षेतिर्पुति भराई दिने व्यवस्था छ । यो व्यवस्था
कमजोर व्यवस्था पट्टक्कै होईन । यदि कनूनी कारवाहीले मान्छे डराउथ्यो भने जन्म कैद भनेको सजाय सामान्य
हुदै होईन । एउटा बलात्कारीको उमेरलाई नै मात्र हेर्ने हो भने पनि जन्म कैद हुँदा त्यो अपराधीको जिवन
समाप्त हुन्छ । जिवनको उर्जासिल समय जेलमा कोचिएर सकिन्छ तर खै कानून संगँ डराएको । नेपालको
कानूनी प्रणाली तथा न्याय सम्प्रेशण प्रक्रिया प्रति नै सर्वसाधारणले ढुक्क भएर बस्न सक्ने अवस्था छैन । देशमा
विभिन्न वहाना र शक्तिको आडमा अपराधीले उन्मुक्ती पाउने संस्कारका कारण अपराधीहरु समाजमा ठाडो
शिर गरेर हिँडि रहेकाछन । समाजमा दण्डहिनताको अवश्था छ । कानूनी राज्य केवल लिखित रुपमा
दस्तावेजमा मात्र सिमित भएको छ । कानून कमजोर र फितलो नभई भएको कानूनको कार्यन्वयनको समस्या
हो । यहाँ पिडीतले कानूनी उपचार पाउने ठाउँनै पहँुचवालाले विभिन्न बहाना र शक्तिको आडमा निषकृय
बनाई दिने भएकाले कति घटनाहरु बाहिर आउनै सक्दैनन्। यदि मृत्यू दण्डको व्यवस्था ल्याउँदैमा बलात्कार
नहुने हो त भारतमा बलात्कारको घटना शुन्य हुनु पर्ने थियो तर त्यसतो छैन । यहाँ कानूनी व्यवस्थाकोकमी
भएको होईन कार्यन्वयन गर्ने पक्ष कमजोर भएको हो । हामीलाई विधुत प्राधीकरणले विजुलीको विल नतिरे
वापत हर्जना जरिवाना भनेर लिएको ५ रुपैयाँ कति ठुलो लाग्दछ अनि हामी जसरी पनि समय निकालेर त्यो
पैसा तिर्न जान्छौ तिर्छौ हामी त्यो जरिवानासंग डराएका हौ । त्यसैले दण्ड ठुलो, धेरै र कडा राखेर मात्र केही
हुदैन कानूनसंग, दण्डसंग मान्छे डराउनुप¥यो । कानुन कमजोर हैन भएका कानूनलाई कार्यन्वयनको समस्या हो
नेपालको बलात्कारको अपराधले बढावा पाएको । आज हरेक बलात्कारीहरुले कानूनमा भए बमोजिमको सजाय
पाउने हो र अपराधबाट उन्मुक्ति नपाउने हो भने अवश्य यो अपराध गर्नेलाई डर त्रास हुनेछ र अपराधिक कार्य
कम हुने छ ।
नेपालमा महिलाले पुरुषलाई बलात्कार गरेको हाल सम्म सायदै अदालमा आएको छैन । बलात्कारको घटना
पुरुषले महिला माथि नेै गरेको हुन्छ । तेसो भए सोझो भाषामा अपराध गर्ने पनि पुरुष अनि अपराधि को हो
भनेर अनुसन्धान गर्ने पनि पुरुष भएको भएर कहि कतै लैबगिक पक्षपात भएको त हैन ? के यसो भनिरहदा
हरेक कुरामा यसरी पक्षपात हुने अवस्था होला त ? कि यस्तो प्रश्न उठाउनु नै हुदैन वा यस्तो कुरा सोच्नु नै
हुन्न ? के होला ? के के कारणले गर्दा आज बलात्कारीहरु कानूनी दायरामा आई रहेका छैन्न ? किन एक पछि
अर्को अपराधिहरुलेउन्मुक्ति पाई रहेका छन ? हुन त अरु सवै अपराधमा शतप्रशित अपराधिलेसजाय पाएको र
बलात्कारमा चाहि शतप्रतिसत उन्मुक्ति पाएको त पक्कै होईन । तेसो भए अव के गर्ने त ? रात दिनको
बलात्कारको समाचार हेरेर, पढेर, सुनेर निरास भएर हर रातको निद्रा भगाएर बस्ने त ? अवस्य होईन
आउनुहोस जुटौ अव कलम मात्र हैन कलमको साथ साथैकदम चालौ । अव आवाजले मात्र भएन दबावमा
जाउँ । आई लाग्ने माथि जाई लाग्ने कुरा गरौं । छोरीलाई कलमको मसीले तिम्रो व्यथालेख त्यही कलमको
पिनले तिमीमाथी कोही यौंनिक आक्रमण गर्न आउछ भने कहाँ कसरी प्रहार गरेर त्यसलाई कारवाही गर्ने हो
त्यस विषयमा छलफल गरौ। छोरीलाई पनि अव संस्कारी मात्र हैन आफ्नो सुरक्षयार्थ डटेर आउ भनेर शिक्षा दिनुपर्छ ।

कहि कोही बाट यौनिक हिंसामा प¥यौ भने भागेर डराएर रोएर हैन डटेर, लडेर लडाएर आउँ भन्ने
कुराको शिक्षा दिन सुरु गर्नु पर्छ । अनि छोरीलाई लड्न सिकाई रहँदा छोरालाई हर बालिकालाई बैनी देख्ने र
हर महिलालाई आमा, दिदी, काकी, भाउजु देख्न सक्ने बनाउन एउटा कुसल आमा र सफल बाबुबाट सुरुहुन
जरुरीछ । हुनत यति कुरा भनिरहँदा नेपालको कानूनी व्यवस्थामा नै कहि कतै नमिलेको होकी, अथवा महिला
माथि कानूनी रुपमै पक्षपात भएको होकी भन्ने भान हुने ठाउँ पनि छ । हाडनाता करणीमा देवर भाउजु, जेठाजु
बुहारी वीच यौनसम्वन्ध भए हाडनाता हुने तर साली भेना वीचको यौनसम्वन्ध चाीहँ हाडनातामा नपर्ने ।
यसको मत्लव पुरुष तिरको नाता हाडनाता हुने महिला तिरको नाता हाडनाता नहुने । यस्ता व्यवस्था पनि कहि
कतै लैबगिक पक्षपाति भएका त होइनन्।
एउटी बालिका जव बलात्कार के हो ? भन्ने बुझन सक्ने हुन्छिन अथवा जुन बालिका कुनै केटा मानिसले
जिस्काएको वा लैबगिक अपमान गरेको अनुभुति गर्न सक्ने हुन्छिन त्यही समय देखि उनी केवल केटा मान्छे
संग मात्र डराउन थाल्छिन । जव विध्यालय जाने समय हुन्छ उनले घरमा राखेको वा घर परिवारले मान्ने
गरेको भगवानको तस्विर, मुर्ती वा धर्मग्रन्थ केछ त्यसलाई भाकेर आज म सकुसल कुनै पुरुषबाट अपमानित
नभई घर फर्किन पाउँ भनेर घरबाहिर निस्किन्छिन । हर महिला आफ्नो कार्यालय जानु अघि बाटोमा कुनै
त्यस्तो नरपिचास पुरुषसंग भेट नहोस् जसले बाटोमा आफ्नो पछाडी बसेर जिव्रो पड्काउँदै अाँफ्नो पछि
नलागोस, विना कारण कुनै बहानामा आफुसंग ठोकिदै घचेडदै नहिँडोस । आज कार्यलयमा आफ्नो सहकर्मी,
आफु भन्दा माथिको कर्मचारी वा हाकिम बाट लैबगिक रुपमा अपमानित हुन नपरोस, कुनै न कुनै बहानामा
असजिलो तवर बाट ठोकिदै नआओस, काम गरिरहँदा कुरा गरिरहँदा असहज हुने शव्द सुन्न नपरोस् भन्ने
सोचेर हिडछिन । कति महिलाहरु त हिँड्दै जाँदा बाटोमा पर्ने मन्दिरमा शिरझुकाएर नमन गर्दछिन र भन्छीन
हे भगवान मलाई रक्षागर म कुनै पुरुषको यौनिक तिर्खा मेटाउने पानी बन्न नपरोस, यौनपिशाचहरुको शिकार
बन्न नपरोस । तर खै कता छन् भगवान मन्दिरमा त भगवानको बास हुदो रहेनछ हैन र ? यदि मन्दिरमा
भगवान बस्छन भने, भगवानले आपत परेकालाई बचाउँछन भने, अपराध गर्ने मानिस पापी हो र त्यसलाई
कारबाही पनि भगवानले गर्नेहो भने सम्झना विश्वकर्मा जस्ता निह्र्य बालिकाले बलात्कृत भएर मन्दिर भित्र,
मन्दीर कै त्रिशुल प्रयोग गरेर मारिनु पर्ने थिएन होला । खै कता गए त्रिसुल प्रयोग गरेर सम्पुर्ण जीव जगतको
रक्षा गर्ने भगवान ? यदी भगवानले अपराधिलाई कारवाही गर्ने कुरालाई अन्धविश्वास नमान्ने हो भने
सम्झनालाई बत्कार गर्नेलाई त्यही त्रिशुल प्रहार किन गरेनन्? कि त्यो त्रिशुल बनाउने पनि पुरुष अनि त्यो
मन्दिरको मुर्ती बनाउने पनि पुरुष साथै त्यो भगवान रुपी मुर्ती राख्ने मन्दिरको भवन निर्माण गर्ने पनि पुरुष
भएर त होईन होला ?

कुनै एउटा बालिका माथिको बलात्कार पछि भएको दरदर्नाक हत्याको घटना पत्रपत्रिका, समाचारहरुमा तथा सामाजिक संजालमा भाईरल भए पछि सडकमा गएर २–४ दिन कराएर आन्दोलन गरेर यो समस्याको समाधान होला त ? यसरी त पक्कै हुदैँन । जव यस्ता घटना बाहिर आउँछन अनि सदनमा बलात्कार गर्नेलाई मृत्यु दण्ड दिने कानून चाहियो भनेर कुरा उठाईन्छ । के अहिले भएको कानूनले सजाय नपुगेर मात्र यो अपराधले बडावा पाएको हो ? कि भएका कानूनलाई कार्यन्वयन गर्न राजनितिक तथा अन्य शक्तिको आडमा अपराधीलाई उन्मुक्ती दिने काम भएर हो ? कानूनी व्यवस्थालाई कडाईका साथ कार्यन्वयन गर्न र अपराधीलाई कानूनी तथा सामाजिक कारवाहीको दायरामा ल्याउन तिर लाग्ने हो भने अवश्य अपराधीक घटनामा कमी आउने छ ।

सामाजिक अभियन्ताहरु, राजनितिक दलका नेता तथा कार्यकर्ताहरु अव सडकमा र सदनमा मात्र गएर भएन
हाम्रो घर घरमा मन मनमा जानु प¥यो । छोरीलाई बलात्कार हुन बाट बचेर आउन भनी सिकाई रहँदा
छोरालाई बलात्कार गरेर नआउने खालको शिक्षा दिन प¥यो । छोरी जन्मदा कहीँ कतै कसैबाट बलत्कृत भएर
पो आउँछिनकी भनेर पिडा हुदा अव छोरा जन्मिदा कुनै छोरीलाई बलात्कार गरेर आउँछकी त्यस्तो नहोस भनेर
आजैबाट सोच्नु प¥यो । अझ भन्नु पर्दा बलात्कारी छोरालाई पनि बलतकृत छोरीलाई झै असहज हुने
संस्कारको सुरुवात गरे पक्कै केही कमी आउने छ । आज पनि समाजमा बलात्कृत भएकी बालिकाले आफ्नो
उमेर पुगेर विवाह गर्दा आफुले रोजेको चाहे जस्तो केटा मान्छेले विवाह नगर्ने, समाजले हर दिन, हर काम
गर्दा कती राम्रीछ, पढाईमा पनि राम्रोछ, जागिर पनि राम्रोछ तर के गर्नु बच्चैमा बलात्कृत भई भनेर हर दिन
भन्ने गर्दछन । यस कुराले आफुले नगरेको गल्ती त्यो एउटा महिलाले जीवन भर सामना गर्नुपर्दछ । तर त्यो
नावालक अवोध बालिकालाई बलात्कार गर्ने बलात्कारी पुरुष त्यही समाजमा उच्चो शिर पारेर समाजसेवी,
समाजको अगुवा भएर हिँडिरहेकोहुन्छ । तपाँई हामी अमुक भएर हेरि रहन्छौ, त्यही नरपिचाशलाई सम्मान गरि
रहेका हुन्छौ कुरा बुझेर नबुझेर हामी आवाज उठाउन सकिरहेका छैनौ÷हुदैनौ । अवका दिनमा जसरी
बलात्कृत महिलाई समाजमा जिउँन गाह्यो पर्दछ त्यो भन्दा कठोर सामाजिक बहिस्कार बलात्कारी पुरुषलाई
भयो भने अवश्य केहीहद सम्म यो अपराधमा कमी आउनेछ । बलात्कारको अपराध नबुझेका, अशिक्षित,
गाउका मुर्ख, आर्थिक अवश्था कमजोर भएका पुरुष भन्दा सम्भ्रान्त भनिएका, आर्थिक अवश्था बलियो भएका,
पढेलेखेका, राजनितिमा पहुँच भएका पुरुषले गरेको देखिन्छ । गाउँको सामान्य पुरुषले अपराध गरेको हुँदा त ऊ
कानूनबाट मुक्त हुनै सक्दैन कानूनको दायरामा आईहाल्छ । तर पहँुच वालाको नाताको मान्छेले अपराध गरेको
भए अपराधी फरारा हुन्छ । त्यसैले त निर्मलाको बलात्कार गरेर हत्या गर्ने अपराधी पत्ता लागेन । तर
सम्झनाको हत्याराले उन्मुक्ती पाएन ।
अन्त्यमा बलात्कार गर्नु भनेको महाअपराध हो । यो अपराध गर्ने मान्छे कोही कसैले कुनै पनि बहानामा
उन्मुक्ती पाउँनु हँुदैन । अपराधीलाई कानूनको दायरामा ल्याउनका खातिर हामी सवैले आफ्नो आफ्नो ठाउँबाट
सकेको सहयोग गरौं । भएको कानूनलाई कार्यान्वयन गर्न न्याय कर्मी, समाजसेवी, राजनितिक कर्मी, अधिकार
कर्मी, संञ्चार कर्मी सम्पुर्ण सरोकारवाला लागौ अवश्य सम्भव छ । अव अबोध बालिकाले बलात्कार भएर मर्नु
नपरोस, बलात्कृत भएर सामाजिक बहिस्करणका परेर बस्नु नपरोस । घरमा आमा नभएका छोरीले बाबुको
डरले घर छोडेर रुदै हिँडने दिनको अनत्य होस

सरिता अधिकारी