चर्चित कृकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

चर्चित कृकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

मङ्सिर १३, काठमाडौ। चर्चित कृकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराउदै उनले कोरोनाबाट आफू अछुतो रहन नसकेको बताएका छन्।

गत बुधबारबाट स्वास्थ्यमा केही समस्या देखा परेको र केही असहज महसुस गरेको कारण चेकगर्दा कोरोना संक्रमण देखिएको हो। अहिले उनी होम आइसोलेसनमा बस्दै आएका छन् भने स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। साथै रिपोर्ट नेगेटिभ आउना सात्तै फिल्डमा फर्कने प्रतिबद्धता गरेका छन्।