अन्तिम समयका दुई महत्वपूर्ण गोलले न्यूक्यासलद्वारा क्रिष्टल प्यालेस पराजित

अन्तिम समयका दुई महत्वपूर्ण गोलले न्यूक्यासलद्वारा क्रिष्टल प्यालेस पर...

मङ्सिर १३, इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा अन्तिम समयमा दुई गोल गरि न्यूक्यासलले क्रिष्टल प्यालेसलाई पराजित गरेको हो । ८८ औँ मिनेटमा कालम विल्सन र ८९ औँ मिनेटमा जोलिन्टनले गरेका गोल नै निर्णायक बन्न पुगेको हो ।

जितपछि दशौँ स्थानको न्यूक्यासलको १० खेलबाट १४ अंक भएको छ। १३ अंकसहित क्रिष्टल प्यालेस १३ औँ स्थानमा छ।