मानव बेचविखन आरोपमा होटल सञ्चालक पक्राउ

पाँचखाल-३, काभ्रे घर भएका भुजेलले आफ्नै खाजा घरमा कार्यरत युवतीलाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्य होटलमा समेत पैसा लिएर पठाउने गरेको

मानव बेचविखन आरोपमा होटल सञ्चालक पक्राउ

१३ मंसिर, काठमाडौं ।

 मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले एक होेटल सञ्चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ९, जाल्पारोडमा खाजा घर सञ्चालन गरिरहेका केशव भुजेललाई पक्राउ गरेको हो ।

पाँचखाल-३, काभ्रे घर भएका भुजेलले आफ्नै खाजा घरमा कार्यरत युवतीलाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्य होटलमा समेत पैसा लिएर पठाउने गरेको प्रहरीको दाबी छ ।

यो खबर अनलाइनखबरमा प्रकाशित भएको छ ।

स्रोत: onlinekhabar.com