"बाजा तालमा बोलको गित सार्वजनिक"

पञ्चेबाजाको धुन र बिहेको लोकभाका सम्पूर्ण नेपालीलाई मन पर्ने बताइएको छ ।

"बाजा तालमा बोलको गित सार्वजनिक"

"बाजा तालमा बोलको गित सार्वजनिक"

नाच्दा नाच्दै बाजा तालमा,

दिल बस्यो माया जालमा......

सांस्कृतिक तवरले सिंगारिएको छ बाजा तालमा बोलको लोक गित । लोक भाकामा आधारित यस गित भर्खरै मात्र सार्वजनिक भएको छ ।

बिहेको भाका रहेको यस गीतमा गायक भूवन सापकोटा र गायिका जुना शिरिश मगरको स्वर रहेको छ।

गितको प्रस्तुति अत्यन्तै मौलिक छ । पुजन घिमिरे र निर्मल क्षेत्री को अभिनय तथा नृत्यले गितको शोभा बढाएको देखिन्छ । 

‘बाजा तालमा’ गीत गायकद्वाय भूवन सापकोटाको युट्युव च्यानलमा हेर्न सकिन्छ । सिर्जन बरालको छांयाकन, अमृत चापागाईको सम्पादन, शब्द तथा संगीत भूवन सापकोटाको र बिनोद बाजुरालीको संगीत संयोजनले गितलाई निकैनै उत्कृष्ट बनाएको छ। 

पञ्चेबाजाको धुन र बिहेको लोकभाका सम्पूर्ण नेपालीलाई मन पर्ने बताइएको छ ।

भिडियो लिङ्क: https://youtu.be/znQwcaYH9mk