नाईजेरियाको युद्धग्रस्त क्षेत्रमा ११० बढी किसानको बर्बर हत्या

नाईजेरियाको युद्धग्रस्त क्षेत्रमा ११० बढी किसानको बर्बर हत्या

१५ मंसिर, काठमाडौं । शनिबार दिउँसो युद्धग्रस्त बोर्नो राज्यको राजधानी मैडुगुरी र वरपरका अन्य ग्रामीण कोशोबे क्षेत्रमा कम्तीमा ११० निर्दोष किसानको बर्बर हत्या गरिएको हो ।

 

नाईजेरियास्थित संयुक्त राष्ट्रसंघका मानविय सहायता संयोजक एडवार्ड कालोनले आइतबार एक विज्ञप्ति जारी गर्दै मोटरसाइकलमा आएका हतियारधारीले आफ्नो खेतमा बाली थन्क्याउने काम गरिरहेका पुरुष र महिलाहरुमाथि बर्बर आक्रमण गरेका थिए भन्ने जानकारी दिएका हुन् ।

 

विज्ञप्तिका अनुसार हतियारधारीले कम्तीमा ११० जना किसानको निर्ममतापूर्वक हत्या गरेका छन् भने आक्रमणमा अन्य धेरै घाइते भएका छन् । ठूलो संख्यामा महिलाहरुको अपहरण भएको अनुमान छ । यो घटना यस वर्षको सबैभन्दा हिंसात्मक र प्रत्यक्षरुपमा निर्दोष नागरिकमाथि गरिएको आक्रमण हो ।

 

अहिलेसम्म यो घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । यद्यपि बोको हरामले यो आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।