हुम्लामा दलित तथा विपन्नलाई खाद्यान्न

हुम्लामा दलित तथा विपन्नलाई खाद्यान्न

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर ३ बरगाउँका विपन्न तथा दलित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

सोही वडाका तोर्पा गाउँका प्रेम दोर्जे लामाले व्यक्तिगत सहयोग तथा छिरिन पाल्देन लामाको सहकार्यमा मङ्सिर १४ गते खाद्यान्न वितरण गरेका हुन् । कोभिड १९ का कारण केही राहत होस् भन्ने भनेर बरगाउँका ४३ दलित तथा अति विपन्न वर्ग, पिछडिएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको छिरिन पाल्देन लामाले बताए । उक्त गाउँका प्रतिघरलाई २५ किलो चामल वितरण गरिएको लामाले बताए ।

हुम्लाबाट पहिलो सगरमाथा आरोही प्रेम दोर्जे लामाले मङ्सिर १४ गते नेपालगञ्जबाट हवाइजहाज मार्फत चामल ढुवानी गरी गाउँमा सो सहयोग गरेका हुन् । देशभर कोभिड १९ शुरु भएदेखि नै बरगाउँका दलितलाई खानाको समस्या हुने भएपछि आफूले सानो सहयोग गरेको लामाले बताए । रासस