पुल उद्घाटनमा भएको झडपले दमौली तनावग्रस्त , वरिष्ठ कांग्रेस नेता रामचन्द्र पौडेल पनि पक्राउ

वरिष्ठ नेता रामचन्द्र पौडेलले फेसबुकमा "भर्खर प्रहरी परिचालन गरि मलाई र तनहुँ जिल्ला कार्यबाहक सभापति जित प्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !" लेख्दै घटनाको विरोध गरेका छन्।

पुल उद्घाटनमा भएको झडपले दमौली तनावग्रस्त , वरिष्ठ कांग्रेस नेता रामचन...

तनहुँको दमौली स्तित व्यास नगरपालिका-१ र १० जोड्ने बुल्दिखोला पुलको उद्घाटन गर्ने क्रममा आज बुधवार दिउसो प्रहरी र कांग्रेस कार्यकर्ता बिच झडप भएको हो। स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न खोजेपछि झडप भएको हो ।

 

वरिष्ठ नेता रामचन्द्र पौडेलले फेसबुकमा "भर्खर प्रहरी परिचालन गरि मलाई र तनहुँ जिल्ला कार्यबाहक सभापति जित प्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !" लेख्दै घटनाको विरोध गरेका छन्। 

झडपमा परी संविधान सभा सदस्य रामचन्द्र पोखरेलसहित तीन कांग्रेस नेता घाइते भएका छन् । संविधान सभा सदस्य पोखरेललाई प्रहरीले तीन पटक लाठी प्रहार गरेको कांग्रेस सचिव विश्व बाँस्तोलाले जानकारी दिए ।

 

यसैगरी कांग्रेस सचिव लक्ष्मी आचार्य तथा महासमिति सदस्य रामचन्द्र अधिकारी पनि घाइते भएका छन् । घाइते तीनै जनाको रत्नहरि अस्पताल दमौलीमा उपचार भैरहेको छ । सचिव आचार्यको टाउकोमा चोट लागेको र महासमिति सदस्य अधिकारीको ढाड र खुट्टामा चोट लागेको सचिव बाँस्तोलाले बताए ।

कांग्रेस वरिष्ठ नेता पौडेलसहित झण्डै दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । कार्यवाहक सभापति जितप्रकाश आले, नेविसंघका गौरव पन्थ, सुनिल श्रेष्ठसहितका कार्यकर्ता पक्राउ परेको कांग्रेसले बताएको छ ।

 

यस अघि उद्घाटनको विरोधमा प्रशासन घेराउमा पुगेका युवा संघ जिल्ला संयोजक ईश्वर बस्यालसहित युवा संघका सह संयोजक भगवान श्रेष्ठ, नेता बादलआले लगायत प्रहरी नियन्त्रणमा छन् ।