पौडेलको संयोजकत्वमा सूचना सञ्जाल

पौडेलको संयोजकत्वमा सूचना सञ्जाल

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा यज्ञराज पौडेलको संयोजकत्वमा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन भएको छ ।

बुधबार सम्पन्न एक कार्यक्रमकाबीच गठित सञ्जालको सहसंयोजकमा निर्मला अधिकारी र सदस्यसचिवमा बाबुराम भण्डारी रहेका छन् । त्यस्तै सदस्यमा छविराज पौडेल, टङ्कराज पौडेल, सुन्दर सुवेदी, अनुप पौडेल र मधु सुवेदी रहेका छन् ।

नवगठित सञ्जालका पदाधिकारीलाई शुभकामना दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले गाउँपालिकामा सूचना सञ्जाल गठन हुनु खुशीको कुरा भएको बताउँदै यसले स्थानीय तहलाई अझ मजबुद बनाउने विश्वास व्यक्त गरिन् ।

गाउँपालिकाका सूचना अधिकारी बलराम भुगाईँले सूचना माग्नु आम नागरिकको अधिकार भएको र निर्धक्कताका साथ आवश्यक सूचना मागेमा सदैव सही सूचना दिन गाउँपालिका तयार रहेको उल्लेख गरे । राष्ट्रिय सूचना सञ्जाल गण्डकी प्रदेशका संयोजक दीपक आचार्य, कास्की जिल्ला संयोजक यदुनाथ बञ्जारा, पोखरा महानगर सञ्जालका सदस्य पदम श्रेष्ठलगायतले संविधानप्रदत्त सूचनाको हकको उपयोगका लागि प्रत्येक सर्वसाधारण जागरुक बन्नुपर्ने धारणा राखे । रासस