दुम्सीका दरै समुदायमा चल्ला तथा सरसफाइ सामाग्री बितरण गरिदै

दुम्सीका दरै समुदायमा चल्ला तथा सरसफाइ सामाग्री बितरण गरिदै

भोली मङ्सिर २० गते शनिबार तनहुँ व्यास नगरपालिका वडा न १० दुम्सीका दरै समुदायलाई रोट्रायक क्लब अफ रुद्रमती बबर्महल- काठमाडौंद्वारा प्रोजेक्ट- "अपलिफ्ट द लाईभस" अन्तर्गत चल्ला तथा सरसफाइ सामाग्री बितरण गर्ने कार्यक्रम हुँदै छ। यस कार्यक्रम/प्रोजेक्टले त्यस समुदायका मनिषहरुलाई आर्थिक वृद्धिकोलाई महत्त्वपूर्ण भूमिका हुने र यस कोरोनको समयमा आफुलाई सुरक्षा राख्नको लागि यस प्रोजेक्टले केही सम्म भए पनि मद्दत गर्ने कुरा यस प्रोजेक्टका संयोजक पृथ्वी श्रेष्ठले जानकारी दिनु भएको छ। यस प्रोजेक्टलाई द आशा प्रोजेक्ट-नेपाल, फ्रेन्ड अफ नेपाल- न्यू जर्सी, आशा वन स्टेप फर चेन्ज, रोटरी क्लब अफ ब्रन्चबुर्ग र रोट्ररी क्लब अफ रुद्रमती जस्ता सहयोगी संस्थाहरु छन् । 

 

यस प्रोजेक्ट अन्तर्गत आउने दिनहरुमा बिभिन्न सीमान्तकृत तथा गरीब जातिका मानिस र बालबालिकको क्षेत्रमा बिभिन्न कार्यक्रमगर्ने कुरा प्रोजेक्टका संयोजक श्रेष्ठले बताउनु भयो। साथै कार्यक्रममा दरै समुदायको परिवारलाई चल्ला र दानाको साथमा मास्क, स्यानिटाइजार, साबुन, मन्जन, ब्रस आदि सामाग्री पनि बितरण गर्ने जानकारीमा आएको छ।

कार्यक्रमको प्रमुख आतिथीको रुपमा व्यास नगरपलिक वडा न १० का वडा अध्यक्ष तुल्सी राम सापकोटा, सभापतिमा क्लबका अध्यक्ष रो ॠषि कडरियाले गर्नु हुँदैछ। कार्यक्रम भोली बिहान ११ बजे हुने कुरा जानकारीमा आएको छ ।