ईश्वरीय संगीत पाठशालाको प्रथम वार्षिक उत्सव यसरी मनाइयो

उक्त सांस्कृतिक कार्यक्रममा विभिन्न स्रष्टाहरू लाई समेत सम्मान गरिएको थियो ।

ईश्वरीय संगीत पाठशालाको प्रथम वार्षिक उत्सव यसरी मनाइयो

हिजो नारायण गोपाल को ३०औं स्मृति दिवस लाई लक्षित गर्दै ईश्वरीय संगीत पाठशालाले आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । उक्त सांस्कृतिक कार्यक्रममा विभिन्न स्रष्टाहरू लाई समेत सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रभुख अतिथीका रुपमा वरिष्ठ तबला प्रशिक्षक पं. समिर डेको उपस्थिति थियो । वरिष्ठ शात्रिय गायनका गुरू संगीत प्रविन धन बहादुर गोपाली सम्मानित हुनुभएको थियो।

विशिष्ट अतिथिका रुपमा वरिष्ठ भायोलिन गुरू राज कुमार श्रेष्ठ र गितार गुरु विक्रम कार्की , अतिथिका रूपमा सोवन सैंजु, सुनिता खनाल, प्रकाश थापा, सन्दिप परियार, रामेश्वर शर्मा रहनुभएको थियो ।

कार्यक्रममा कृष्ण पराजुली, दिलीप लामा, गिता पाण्डे, सरला विसी, अनुप राई, भिना राई र निलिसा प्रधान लगायत गायक गायिका को उपस्थिति थियो ।

उक्त कार्यक्रमका केही झलकहरू;