सञ्जु रोटर्याक्ट जेडआरआर निर्वाचित

शनिबार दमौलीमा भएको तेस्रो जोनल बैठकबाट घले निर्वाचित भएकी हुन् ।

सञ्जु रोटर्याक्ट जेडआरआर निर्वाचित

दमौली: रोटर्याक्ट क्लब अफ वेदव्यास दमौलीकी संस्थापक अध्यक्ष सञ्जु घले रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत जोन ३ को जोनल रोटर्याक्ट प्रतिनिधि जेडआरआर निर्वाचित भएकी छन् ।

शनिबार दमौलीमा भएको तेस्रो जोनल बैठकबाट घले निर्वाचित भएकी हुन् । रोटर्याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउत र रोटर्याक्ट क्लब अफ लमजुङकी मञ्जु लोहनीबीच भएको मतदानमा दुई मतको बराबरी भए पछि गोला प्रथा गरि विजेता छानिएको थियो ।

जोनमा आवद्ध सात वटा क्लबको अब घलेले अब परिवर्तन हुने जोन १५ को नेतृत्व गर्ने छन् । राउतले आफूलाई मत दिने प्रति आभार प्रकट गरेका छन् ।