गुल्मीको इस्मा गाउँपालिकामा बाटो मर्मत

उक्त सडक बनेपछी इस्माबाट मुसिकोट बाग्लुङ लागाएतका ठाउमा आवतजावत गर्ने लाभान्वित हुनेछन।

गुल्मीको इस्मा गाउँपालिकामा बाटो मर्मत

गुल्मीको इस्मा गाउँ पालिका ४ हुलमा मोटरबाटो पुगेको ठ्याक्कै यहि मङ्सिरमा ३ बर्ष पुग्यो । हिउदोमा प्रायजसो सामान्य रहने यस बाटोमा बर्खा सुरु हुने बित्तिकै पहिरो र भलले मानिस हिड्नै समस्या र जोखिम हुने गर्छ। इस्मा मैदान देखि खग्रेटा सम्म बर्खा बेला पनि सवारी आवत जावत गरेपनी त्यहाबाट तल हुल अधेरी खोला , निस्ती खोला हुँदै मुसिकोट नगरपालिका जोड्ने सडक बर्खा सुरु भएदेखी बन्द भएको थियो उसो त हिजो त्यहाका युवाहरुको सक्रियतामा बाटो खुलाइएको छ।स्थानीय प्रेम दर्लामीको नेतृत्वमा राम रेस्मी ,कमल दर्लामी,बाबुराम हितान,गङ्गा अछामी लगाएतका युवाहरुको पहलमा मोटरबाटो मर्मत गरिएको हो।निस्तिकोला देखि हुल बालिन्डाडा सम्म करिब ५ किलोमिटर सडक मर्मत सम्भार गरिएको हो।गाउमा मंसिर १२ गते जीप दुर्घटनामा परि ६ जनाको ज्यान गएको केही दिनपछी अहिले सम्म बन्द बाटोको ट्रयाक खोली थप स्तर उन्नती गरिएको हो।जीप दुर्घटना पछि बाटो मर्मतको लागि स्थानीय युवाहरु र झबिन्द्र अर्याल ,वसन्त हितान,मोतिलाल हितान,गुन्ज बस्नेत, पदम अछामीले सहयोग रकम पनि उपलब्ध गराएका छन। ``गाउमा जीप दुर्घटना भयो गाउँका ६ जनालाइ गुमाउनु पर्यो यो दुर्घटनामा चालक र जीपको अबस्था लाई दोष देखाइएता पनि अर्को कारण भनेको उपयुुक्त पार्किङ नहुनु पनि हो। पार्किङ लाई थप ब्यबस्थित र बाटोको स्तर उन्नति गरियो भने सडक दुर्घटना कम हुने उदेश्यले बाटो मर्मत गरिएको हो"नेतृत्व कर्ता प्रेम दर्लामीले बताउनु भयो।स्थानीयले पनि स्थानीय सरकारले गर्नु पर्ने काम युवाहरुले गरेकोमा उक्त कामको लागि प्रसंशा र सहयोग समेत गरेका छन ।उक्त सडक बनेपछी इस्माबाट मुसिकोट बाग्लुङ लागाएतका ठाउमा आवतजावत गर्ने लाभान्वित हुनेछन।