नेकपा छोड्दै आँबुखैरेनीमा काङ्ग्रेस तिर प्रवेश

नेकपा छोड्दै आँबुखैरेनीमा काङ्ग्रेस तिर प्रवेश

मिति २०७७ मंसिर २० गतेको दिन नेपाली कांग्रेस वडा नं १ आँबुखैरेनी गा.पा वडा कार्य समिति द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस १ नं वडा कार्य समितिका वडा संयोजक पदमराज अधिकारी को अध्यक्षतामा आँबुखैरेनी-१ स्थित बरादी मगर गाउँ का मगर वासीहरु नेकपा परित्याग गरी ७८ जना नेपाली कांग्रेस प्रवेश गरेका छन ।

उक्त पाटि प्रवेश कार्यक्रममा नेपाल तरुण विभागका प्रमुख पूर्व वन मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री शंकर भण्डारी ज्युको प्रमुख आतिथ्यता थियो भने १ नं वडा अध्यक्ष, आँबुखैरेनीका किशन थापा, ने.का आँबुखैरेनीका सचिव विष्णु पन्त स्थानीय तुल बहादुर राना मगर लगाएतको सक्रियता थियो ।

साथै नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोला, व्यास नगर सभापती शान्तिरमण वाग्ले, आँबुखैरेनी गा.पाका अध्यक्ष गिर बहादुर थापा , उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, तरुण विणाग सदस्य अम्बिर जोशी, महादिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, महासमिति सदस्य नेपाली कांग्रेसका महासमिति सदस्य आनन्दराज त्रीपाटी, नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका अध्यक्ष विजय गुरुङ एवं सदस्यहरु, एन्फा केन्द्रीय सदस्य एवं निर्माण व्यवसायी संघ, तनहुँका अध्यक्ष रत्न कुमार श्रेष्ठ, आँबुखैरेनी गा.पा जनप्रतिनिधिहरु, नेपाली कांग्रेस , नेपाली विद्यार्थी संघ, नेपाल महिला संघ, पार्टीमा का सदस्यहरु एवं आस्था राख्ने व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

स्रोत : नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्य समिति