२४ घन्टामा १,०९६ नयाँ संक्रमित , १७ को मृत्यु

२४ घन्टामा १,०९६ नयाँ संक्रमित , १७ को मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ। यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। त्यसमध्ये हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ। 

 

पछिल्लो २४ घण्टामा १७५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५४ हजार ८०५ पुगेको छ।

 

त्यस्तै, यसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५९४ पुगेको छ।