विपन्न परिवारलाई ग्लोबल आइएमई बैंक घडिअर्वा शाखाको आर्थिक सहयोग

विपन्न परिवारलाई ग्लोबल आइएमई बैंक घडिअर्वा शाखाको आर्थिक सहयोग

वीरगंज, २४ ।। अर्थ अभावमा छोरीको विवाह गराउन अप्ठेरोमा परेका विपन्न परिवारलाई ग्लोबल आइएमई बैंक घडिअर्वा शाखाले आर्थिक सहयोग गरेको छ ।

नेपाल बाल संगठन पर्साले आर्थिक अभावमा विवाहको उमेर पुगेका युवतीको विवाह नरोकियोस भनेर सहयोग संकलनको पहल गरिरहदा ग्लोबल बैंक घडिअर्वा शाखाले सहयोग गरेको  हो । 

विशेष गरेर विपन्न परिवारका पनि फरक  सक्षम क्षमता भएका युवतीको विवाहका लागि आफूहरुले सहयोग गर्ने अभियान चलाएको संगठन पर्सा संयोजक राम किशोर सिंह परागले जानकारी दिए । 

संगठनले अभियान अन्तर्गत पहिलो पटक वीरगंज वडा नं २० अपौनी घर भएका दुई परिवारका लागि आर्थिक सहयोग उपलब्ध गराएको उनले बताए । 

हरपतगंजकी फरक सक्षम क्षमताकी अजिजि सहिना खातुनको र चंदा खानको  विवाहका लागि बैंकले २१००० सहयोग  गरेको  छ । 

बैंकका शाखा प्रमुख संतोष साहले  सामाजिक कार्यका लागि ग्लोबल आईएमई बैंक परिवार  तयार रहेको र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सधैं अग्रसर रहने प्रतिवद्धता व्यक्त गरे ।

आर्थिक रुपमा कमजोर तथा फरक क्षमता भएका युवतीको विवाह पैसाकै कारण नरोकियोस भनेर आफूहरुले सहयोगको अभियान चलाएको संगठनका सदस्य हेमन्त तामाङले बताए ।

विपन्न तथा फरक क्षमता भएकाहरुका लागि  समाजका हेरक सक्षम व्यक्तिले सोच्न सके मात्र समाज रुपान्तरण हुने संयोजक सिंह बताउछन् ।

सहयोग प्रदान गर्न संगठनका संयोजक सिंह सहित सदस्यद्वय तामाङ, राजाबाबु रौनियार लगायत युवतीको घरैमा पुगेका थिए ।