सिटीजन लाइफ इन्स्योरेन्सद्वारा १२ लाख मृत्यु दाबी भुक्तानी

सिटीजन लाइफ इन्स्योरेन्सद्वारा १२ लाख मृत्यु दाबी भुक्तानी

स्याङ्जा –सिटीजन लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई १२ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले चपाकोट नगरपालिका–०४, का कुल बहादुर थापाकि आमा कमला थापालाई मृत्यु दाबी बापत १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले बिमा रकम आन्तर्गत १०,००,००० किरीया खर्च, ५०,००० शब स्वेदेश ल्याइएको खर्च, ५०,००० आय नोक्सान बपत १,००,००० गरि जम्मा १२,००,००० हस्तान्तरण गरको छ । बिमित थापाको गत २०७७/०६/२७ गते मलेसियामा निधन भएको थियो ।

चपाकोट वार्ड न ४ अध्यक्ष बिक्रम शारु, सिटीजन लाईफ इन्स्योरेन्स वालिङ्का शाखा प्रमुख सरोज बस्नेत, एजेन्सी म्यानेजर बाबुराम रेग्मि, कृषि शाखा प्रमुख स्वास्थ शाखा प्रमुख, लगायतको उपस्थितिमा एक कार्यक्रम गरी मृतककी आमा कमला थापा लाई मृत्यु दाबी भुक्तानी बापत उक्त चेक हस्तान्तरण गरिएको जनाइएको छ ।