अष्ट्रेलियामा भारतको लज्जास्पद हार , टेस्ट क्रिकेटमा ३६ रनमै समेटियो

जोश हेजलवुडले 5 ओभर बलिङ गर्दा ८ रन दिँदै ५ विकट लिए भने प्याट कमिन्सले १०.२ ओभर बलिङ गर्दा २१ रन दिँदै ४ विकट लिए ।

अष्ट्रेलियामा भारतको लज्जास्पद हार , टेस्ट क्रिकेटमा ३६ रनमै समेटियो

अष्ट्रेलियामा जारी टेस्ट क्रिकेटमा भारत 36 रनमा सीमित भएको छ । टेस्ट क्रिकेटमा यो उनीहरूको अहिले सम्मकै न्यूनतम कुल स्कोर हो। अस्ट्रेलियाले उक्त पहिलो टेस्ट आठ विकेटले जित्यो ।

 

जोश हेजलवुडले 5 ओभर बलिङ गर्दा ८ रन दिँदै ५ विकट लिए भने प्याट कमिन्सले १०.२ ओभर बलिङ गर्दा २१ रन दिँदै ४ विकट लिए ।

 

यो स्कोर सन् १९५५ मा न्युजील्यान्ड 26 रनमा आउट भएपछिको सबैभन्दा कम टेस्ट कूल स्कोर हो।

 

अस्ट्रेलियाले पहिलो टेस्ट जित्न ९० रनको खाँचो थियो जुन उसले दुई विकेटको क्षतिमा पूरा गर्यो ।