ने. वि. संघ पृथ्वी नारायण क्याम्पसका विद्यार्थी नेताहरुद्वारा के.पि ओलीको पुत्ला दहन

ने. वि. संघ पृथ्वी नारायण क्याम्पसका विद्यार्थी नेताहरुद्वारा के.पि ओल...

पौष ०५ , पोखरा । पोखरा स्थित पृथ्वी नारायण क्याम्पस नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुद्वारा बर्तमान सरकारले गरेको संसद विघठन निकै असंवैधानिक गैर जिम्मेवारी, अधिनायकवादी र जनताको मतलाई नजरअन्दाज गर्ने आपतीजनक भएको भन्दै प्रदशन गरेको छ। 

 

 उनीहरूले प्रधानमन्त्री के पि ओलीको पुत्ला दहन गरेका छन् । कार्यक्रम सञ्चालन विद्यार्थी नेता सगर सापकोटाले गर्नु भएको थियो भने त्यहाँ विद्यार्थी नेताहरु सुशिल न्यौपाने, सौरव चापागाइ, स्वोरुप सरकार, युवराज पौडेल, आकल छेत्री, राज आचार्य, ओमकार सुबेदी, हरी अधिकारी, सुजन लामिछाने, सुगम पौडेल, राजेन्द्र पराजुली लगायतका विद्यार्थी नेताहरुको उपस्तिथी रहेको थियो। कार्यक्रमको कोण सभामा ने वि संघ निबर्तमान केन्द्रिय सदस्य गोपाल गुरुङले समापन गरेका थिए ।

 

 भ्रष्ट सरकार मुर्दावाद, लोकतन्त्रको रक्षा गर, असंवैधानिक कदम बन्द गर, संविधानको रक्षा गर, नेपाली कांग्रेस जिन्दवाद, ने.वि. संघ जिन्दवाद लगायतका नाराहरुले कार्यक्रम चर्काएको थियो ।