"सडकमा खाना खुवाउदै आईरहेको जय महांकाल युवा समुह द्वारा अलपत्र परेकालाई ब्ल्याङकेट वितरण "

"सडकमा खाना खुवाउदै आईरहेको  जय महांकाल युवा समुह द्वारा अलपत्र परेकाल...

कोही भोको नपरुन् कोही भोकले नमरुन् " भन्ने उदेश्यका साथ विगत चैत २२ गतेदेखि सरकारको बिना कुनै सहयोग निरन्तर जय महांकाल युवा समुहले भोकाहरूलाई भोजन, प्यासीलाई पानी र नि : शुल्क खाना बितरण अभियान चलाइरहेको छ । सुरुमा पशुपतिनाथ क्षेत्र , रत्नपार्क क्षेत्रमा निःशुल्क खाना अभियान चलाएको समूहले आर्थिक अभावले अहिले गोंगबुको बिजी मल क्षेत्रमा मात्रै निशुल्क खाना खुवाइरहेको छ ।

हालसालै खाना खुवाउने क्रममा त्यहाँ खान आउँनुभएका व्यक्तिहरूले खाना त तपाईहरुले खुवाउनु भयो तर जाडो महिनामा राती सुत्न सकिएन भनेपछि जय महांकाल युवा समुहले उहाँहरुलाई ब्ल्याङकेटको व्यवस्था मिलाएको हो ।

समूहका वरिष्ठ सल्लाहकार अमित पौडेलको व्यक्तिगत सहयोगमा यो ब्ल्यांकेट बितरण कार्यक्रम सञ्चालन गरेको समूहका सचिव मनिष विकले जानकारी दिनुभयो । समूहले यो अभियानलाई देशभरि , ३६५ दिन नै सञ्चालन गर्न सकिने गरी विस्तार गर्न चाहेको र यसका लागि सबैलाई सहयोग गर्न अपील गरेको छ ।

सहयोगका लागि समुहकै नाममा रहेको नेपाल बैङ्क लिमिटेड , लाजिम्पाट शाखाको अकाउन्ट नम्बर ०५०००१०६८७८६६००००००१ मा सहयोग गर्न सकिने कुरा सचिव विकले नेपाल रिपोर्ट्सलाई बताउनुभयो र सहयोगको अपील गरिदिनुहुन अनुरोध गर्नुभयो । साथसाथै समूहले सरकारलाई खाना खुवाउने नयाँ ठाउँको व्यवस्था मिलाएर सहयोग गरिदिन समेत आग्रह गरेको छ ।