चिडियाखानामा मानिसको भिड

चिडियाखानामा मानिसको भिड

काठमाडौँ– स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अहिले अनलाइनबाट टिकट काटेर हेर्न आउने को सङ्ख्या बढेको छ ।पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको व्यवस्था गरेको हो। शुरुका दिनमा एक/दुई जनाले मात्रै अनलाइनबाट टिकट काटेेेेपनि अहिले दैनिक १० जना पुगेका छन् । कोरोना भाइरसको जोखिमका कारण बन्द भएको चिडियाखाना मङ्सिर २५ गते बाट पुनः सन्चालन्मा आएको छ ।लामो समयको बन्द पछि खुलेको उक्त चिडियाखानामा शुरुका दिनमा बढीमा ५०० अवलोकनकर्ता आउने गरेका थिए भने अहिले दैनिक दुई हजारसम्म अवलोकनकर्ता आउन थालेका छन् । व्यवस्थापक पोखरेलले भने, “जोखिम कायमै रहेकाले खुला गरे पनि अवलोकनकर्ता आउँछन् वा आउँदैनन् भन्ने विषयमा चिन्ता थियो तर आशाअनुरुप आएका छन्, पुनःसञ्चालनकै शुरुको दिन यही २५ गते ५०० मान्छे आएका थिए भने अहिले दैनिक दुई हजार अवलोकनकर्ता आउने गरेका छन्, कोरोनाको जोखिम थप नबढे आगामी दिनमा अवलोकनकर्ता थपिनेछन् ।”