स्वारेजको ९०औं मिनेटको गोलमा एटलेटिकोले रोमाञ्चक जित निकाल्यो

स्वारेजको ९०औं मिनेटको गोलमा एटलेटिकोले रोमाञ्चक जित निकाल्यो

म्याड्रिड — लुइस स्वारेजले ९०औं मिनेटमा गरेको निर्णायक गोलमा एटलेटिको म्याड्रिडले आइतबार एलाभेसलाई २–१ ले हरायो र फेरि स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो ।

एटलेटिकोले मार्कोस लोरेन्टको गोलले अग्रता लिएको थियो । त्यसयता फेलिपेले आत्मघाती गोल गरे र एलाभेस बराबरीमा रह्यो । एटलेटिकोको १५ खेलबाट ३८ अंक भएको छ । रियल म्याड्रिड १७ खेलबाट ३६ अंकमा दोस्रो स्थानमा झर्‍यो ।

आइतबारकै अर्को खेलमा बार्सिलोनाले हुएस्कालाई १–० ले हरायो । त्ययसमा फ्रेन्क डे जोङले निर्णायक गोल गरे । यसका लागि लियोनल मेसीले पास उपलब्ध गराएका थिए । बार्सिलोनाका लागि मेसीको यो ७ सय ५० औं खेल रह्यो । यस्तै यो ला लिगाको मेसीको पाँच सयौं खेल पनि रह्यो । बार्सिलोनाको अब १६ खेलबाट २८ अंक भएको छ ।