उपेन्द्र : जसले रक्ताम्य अवस्थामा रहेको, बेसाहरा पशुलाइ जीवन दिए

उपेन्द्र : जसले रक्ताम्य अवस्थामा रहेको, बेसाहरा पशुलाइ जीवन दिए

२३ वर्षीया उपेन्द्र भट्ट गत शनिबार (पुस १८) वसन्तपुरमा घुम्ने क्रममा गएका थिए। पछिल्लो समय सामाजिक संजालमा भाइरल भएको अम्ब्रेला स्टृट्स गए पश्चात् उनी वसन्तपुर पुगेको मात्रै के थिए तिब्र गतिमा आएको मोटरसाइकलले सडकमा रहेको एक बेसाहरा कुकुरलाई ठक्कर दिई, फरार हुन्छ।

उनी सम्झनछन्, " सेकेन्डभरमा आफ्नै अगाडि भएको त्यो घटनाले म केही समय अचम्मित भए। त्यो निर्दोष कुकुरलाई ठक्कर यसरी लागेको थियो मानौँ हजारौंको संख्यामा इट्टाहरु आफू माथि बर्सिएको होस्।" सयौंको संख्यामा मानिसहरुको उपस्तिथि थियो त्यस स्थानमा, वसन्तपुरको डबलीमा। सबै एकअर्कालाई हेरेर अब के गर्ने? मौनता पुर्वक प्रश्न गरिरहेका थिए। कोहि व्यक्ति, "सडक छाप न हो, मरेनी केही फरक पर्दैन" भनी आफ्नो कार्यमै पुनः व्यस्त रहे भने, कोहि व्यक्तिको मनमा मानवताको विगुल बेस्सरी बजेको थियो।

अत्याधिक रगत बगिरहेको त्यस निर्दोष कुकुरलाई सहयोग गर्नभन्दा फोटो खिच्न गोलो घेरा बनेको थियो। तत्काल केही उपाय नलगाए रक्तस्रावको कारण मृत्युु हुनसक्थ्यो। त्यसकारण भिडलाई छिचोल्दै अगाडि बढे उपेन्द्र। आफूसँग धेरै पैसा नभएको कारण, उपचारको लागि सहयोग उनले त्यहाँ उपस्थित मानिसहरुसँग अनुरोध गरे। केही मिनेटमै पुण्य कर्मको निम्ति रु १,२०० जम्मा भयो र उनी त्यहाँबाट बाइकमा टेकु अस्पतालमा होम्मिए। सार्वजनिक बिदा भएको कारण अस्पताल बन्द थियो। त्यसपछि अस्पताल नजिकै रहेको भेटेनरीमा गएर उपचार गरिएको उनी बताउछन्। "रगत आउने क्रम रोकिएको थिएन, त्यसैले ३ ओटा सुइ लगाइ, सरसफाइ गरि औसधि खुवाएको थियौं । अहिले स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।" उनले बताए


यश घटनाको केही प्रत्यक्षदर्शीले सामाजिक संजाल मार्फत उपेन्द्रलाई मानवता अझै जिवित नै छ भनेर आवास दिलाउनुभएकोमा धन्यवाद व्यक्त गरेका छन्। उनलाई हाम्रो नेपाल रिपोर्टस परिवारको तर्फबाट पनि धन्यवाद व्यक्त गर्दछौं।