भिड बढेपछि हटाइयो न्यूरोडको ‘अम्रेला स्ट्रिट’

भिड बढेपछि हटाइयो न्यूरोडको ‘अम्रेला स्ट्रिट’

अत्यधिक भिड बढेको भन्दै राजधानीको न्युरोड, संकटा क्षेत्रमा झुन्ड्याइएका रंगीन छाता हटाइएको छ । सो क्षेत्रमा करिब तीन लाख रुपैयाँ खर्च गरेर छाता राखिएको थियो ।

कोरोना महामारीपछि ​सुस्ताएको व्यापार माथि उकास्न चहलपहल बढाउने उद्देश्यले छाता झुन्ड्याइएको थियो । मानिसको चाप बढ्दै गएर व्यापार बढ्नुको साटो झन् घटेपछि संकटा क्लबले छाता हटाएको हो ।

छाता राखिएको क्षेत्रमा मानिसहरु किनमेलका लागिभन्दा सेल्फी खिच्न र टिकटक बनाउने उद्देश्यले आउन थालेपछि छाता हटाइएको हो । 

दैनिक २० हजारको हाराहारीमा मानिस आउँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या आएकाले छाता हटाउने निर्णय गरिएको क्लबले बताएको छ । 

भिडभाडको उच्च जोखिम र ट्राफिक व्यवस्थापनमा चुनौती थपिन थालेपछि व्यापारीहरुले छाता निकाल्ने निर्णय गरेका हुन् ।