झापाको कचनकवल ६ मा रङ्गशाला निर्माण सुरु

झापाको कचनकवल ६ मा रङ्गशाला निर्माण सुरु

झापा । झापाको कचनकवलमा रङ्गशाला निर्माण सुरु भएको छ । कचनकवल –६ मा रहेको लक्ष्मी माविको जग्गामा रङ्गशाला निर्माण सुरु गरिएको प्रदेश सांसद वसन्त बानियाँले जानकारी दिए । अढाई बिघा क्षेत्रमा रङ्गशाला निर्माण सुरु भइसकेको बानियाँको भनाई छ ।

विद्यालयको ४ बिघा जग्गा स्थानीय नागरिकले जोत भोग गर्दै आएको थिए । ४० वर्षदेखि स्थानीय किसानले उपयोग गर्दै आएको जग्गा विद्यालयकै स्वामित्वमा फिर्ता ल्याएर रङ्गशाला निर्माण गरिएको हो । अढाई बिघामा रङ्गशाला बन्दैछ, बानियाँले भने – बाँकी जग्गा पनि खेलकुद कै लागि प्रयोग गरेर खेल क्षेत्रको विकास गरिने बताइएको छ ।

रङ्गशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख र प्रदेश १ सरकारले १५  लाख सहयोग गरेको थियो । कचनकवल गाउँपालिकाले समयमा ठेक्का नलगाएका कारण प्रदेशको १५ लाख फ्रिज भएको सांसद बानियाँले जानकारी दिए । उनका अनुसार रङ्गशाला निर्माणका लागि गाउँपालिकाले चासो नदिँदा १५ लाख फ्रिज भएको हो । राष्ट्रिय खेलकुद परिषद्बाट ल्याएको १५ लाखबाट मैदान बनाउने र पर्खाल लगाउने काम थालिएको बानियाँको भनाई छ ।