ह्वात्तै घट्यो सुनको भाउ

ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौं : साताको पहिलो दिन स्थिर र तीन दिन लगातार उकालो लागेको सुनको भाउ आज  भने घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँले घटेको छ ।  यो गिरावटसँगै आज छापावाल सुन  प्ररतितोला रु ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँ कारोबार भइरहेको छ महास‌ंघले जनाएकाे छ। 

बुधबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ सोमबार भने तोलामा ८०० रुपैयाँ त्यसैगरी मंगलबार १ हजार १०० रुपैयाँले बढेको थियो।

सुन संगै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ। योसँग आज चाँदी प्रति तोला १ हजार ३३० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको थियो।