वीरगञ्जस्थित माईस्थानमा भएको रक्तदानमा ५५ पोका रगत संकलन

वीरगञ्जस्थित माईस्थानमा भएको रक्तदानमा ५५ पोका रगत संकलन

वीरगञ्ज । निखिल ज्वेलर्सद्वारा आयोजित रक्तदान कार्यक्रममा ५५ पोका रगत सङ्कलन भएको छ ।

वीरगञ्ज महानगरपालिका माइस्थान २ नम्बर रोडस्थित निखिल ज्वेलर्स ज्वेलर्सद्वारा शनिबार आयोजित कार्यक्रममा ५ महिलासहित ५५ जनाले रक्तदान गरेपछि ५५ पोका रगत सङ्कलन भएको हो ।

समाजिक क्रियाकलापमा निजि क्षेत्रको योगदान बारे सन्देश दिने कार्यक्रमले ठूलो भूमिका खेल्ने जनता समाजवादी पार्टीका नेता ओमप्रकाश सर्राफले बताए । 

कार्यक्रमको प्रमुख अथितिसमेत रहेका सर्राफले समाजिक संस्थाले मात्र गरिरहेको कार्यलाई निजि क्षेत्रमा लागेका युवाहरुले पनि पछ्याएर अगाडी बढ्नुले समाज सकारात्मक दिशा तर्फ उन्मुख भएको सन्देश दिने विश्वास व्यक्त गरेका थिए ।

उनले आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिन आयोजकलाई आग्रह गरेका थिए ।

ज्वेलर्सका सञ्चालक उपेन्द्र सर्राफको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साह, 
सृजनशील युवाहरुको समूह संस्कृतीका कार्यवाहक अध्यक्ष आशु कुमार सर्राफलगायत स्थानीय भरभलाद्मीलगायतको उपस्थिति रहेको थियो ।