प्रिमियर लिग : लिभरपुल र म्यानचेस्टरबीच बराबरी

प्रिमियर लिग : लिभरपुल र म्यानचेस्टरबीच बराबरी

लन्डन — म्यानचेस्टर युनाइटेडले आइतबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यससँगै इंग्लिस टोलीले प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता कायम राख्यो ।

लिभरपुल लगातार तेस्रो लिग खेलमा गोल गर्नबाट चुकेको छ तर बेकरको बचाउका कारण टिमको घरेलु मैदानमा लगातार ६८ खेलको अपराजित यात्रा कायम रह्यो । म्यानचेस्टर भने लिगका पछिल्ला १२ खेलमा अपराजित छ । व्यवस्थापक एलेक्स फर्गुसनको संन्यासयता टोली आठ वर्षमा पहिलो पल्ट लिग उपाधिका लागि चुनौती पेस गर्न सक्षम भएको छ ।