छोरेपाटनमा भ्रष्टाचारको भन्डाफोर!

छोरेपाटनमा भ्रष्टाचारको भन्डाफोर!

पोखरा-१६ स्थित छोरेपाटन माध्यमिक विद्यायलमा शिक्षक उपेन्द्रराज पोखेरेलमाथि विद्यार्थीहरुलाई बोर्ड परीक्षामा पास गराउनको लागि विद्यार्थीहरुसँग अवैध रुपमा रकम अशुलेको आरोप लागेको हो।

विद्यार्थीको अधिकार र सुरक्षा संरक्षणको र थप विषय उठानमा ने बि संघको भूमिका रहेको थियो। माघ ०९ गते उक्त भ्रष्टाचार आरोप बिरुद्धमा सोही बिद्यालयका विद्यार्थी र बिद्यालय प्रशासन बिच बैठक बसिएको थियो। शिक्षाकले परीक्षामा फेल भएका विद्यार्थीहरुलाई रकम लिइ पास गराइदिने जस्तो अवैध र गलत कदम चालेको कुराको खुलाशा भएपछी उक्त बैठकमा सोही बिद्यालयका क्रोधित विद्यार्थीहरुले शिक्षक माथी कालोमोसो दलेका थिए।

निस्पक्ष छानविन र दोसीलाई सजायको माग गर्दै विद्यार्थीहरुले चर्को नारा लगाएका थिए।

सो घटना सम्बन्ध सम्बन्धित अभिभावक र विद्यार्थीहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका र विद्यालय प्रशासन, दलहरुका वडा स्तरिय पार्टी प्रमुखहरु, वडाध्यक्ष सहित आज बिहान कारिब ११ बजे बिद्यालय प्रशासनको बैठकले उक्त घटना बारे छानविन गरि सत्य तथ्य सार्वजनिक गर्नका लागि शिक्षक अभिभावक संघका अध्यक्ष रविलाल शर्माको अध्यक्षतामा ७ सदस्यीय उपसमिति गठन गरिएको छ ।