युवतीलाई आकर्षित बनाउने तरिका यस्तो !

युवतीलाई आकर्षित बनाउने तरिका यस्तो !

धेरैजसो युवा चाहन्छन् कि मेरो लागि पनि सोचिदिने कोही खास प्रियसी होस् । उनीसँगै भविष्यमा जीवन कसरी अगाडी बढाउने भनेर योजना बनाउने कोही भइदियोस् भन्ने सोचिरहेका हुन्छन् । कुनै युवतीलाई आफूप्रति आकर्षित गर्न पनि कला हुनु आवश्यक छ किनकी उनीहरु आफूप्रति सहजै आकर्षित हुँदैनन् । त्यसैले कसरी युवतीलाई आफूप्रति आकर्षित गर्ने भन्ने तरिकाको कमिले आफूले चाहेकी युवतीलाई गुमाउने गरेको पाइन्छ । तर अब चिन्ता नगर्नुस् यसरी फकाउनुस मन पराएकी युवतीलाई आकर्षित गर्न निम्न गुण हुनुपर्छ जसले उनलाई प्रभावित गर्छ ।
१. उस्तै किसिमका इच्छा राख्नुहोस्
यस्तो इच्छा राख्नुहोस्, जसमा उसको पनि रुची होस् । यसले तपाईहरुलाई जोड्ने काम गर्छ । आपसमा एकैनासको इच्छा छ भने तपाईंहरु एक ठाउँमा आउनुहुनेछ । उस्तै किसिमका इच्छा हुनु पनि तपाईहरुबीचको मिलनबिन्दु बन्न सक्छ ।
२. स्मार्ट बन्नुहोस्
आफ्नो व्यक्तित्वमा ख्याल राख्नुहोस् । चाहे लुगा लगाउने कुरामा होस् वा बोल्ने कुरामा, स्मार्ट देखिनुपर्छ । तपाईको प्रस्तुती पनि यस्तो हुनुपर्छ, जसले अरुलाई प्रभावित पार्न सकियोस् ।
३. मस्त जीवनशैली अपनाउनुस्
यदि कुनै युवतीलाई मन पराउनुहुन्छ भने सबै कुरा छाडेर उनको पछाडि नलाग्नुहोस् । जसरी हुन्छ आफ्नो जीवनलाई लोभ लाग्दो बनाउनुहोस् । रमाउनुहोस् र जीवनको भरपुर आनन्द लिनुहोस् । यस्तो मस्त जीवनशैली देखेर युवती स्वत तपाईप्रति आकर्षित हुनेछिन् ।
४. कति रहस्य खुलाउने
युवतीलाई आकर्षित गर्न चाहनुहुन्छ भने यस्तो महसुष गराउनुहोस् कि, उनी तपाईको निम्ती कति विशेष छिन् रु यसका लागि तपाईले आफ्नो केहि गोपनियता वा रहस्य खुलाउनुहोस् जो कसैलाई सुनाउनु भएको छैन । यसले गर्दा उनले आफ्नो जीवनमा एकदमै स्पेशल फिल गर्नेछिन् ।
५. केहि गर्नका लागि भन्नुहोस्
के तपाई आफ्ना साथीका लागि हरेक काम गरिदिनुहुन्छ रु यदि त्यसो हो भने तपाई एक कदम अघि बढ्नुपर्नेछ । कहिले काहीँ उसलाई पनि आफ्नो काम गर्न लगाउनुहोस् । यसले उसलाई तपाईप्रति जिम्मेवार बनाउन सिकाउँछ ।
६. अन्य टिप्स
– उनीसँग सधैं राम्रो वार्तालाप गर्नुहोस् । कुनैपनि कुरा गर्नुअघि सोच्नुहोस् । आफुले बोलेको कुरामा उसको कति रुची छ भन्ने कुराको पनि ख्याल गर्नुहोस् ।
– बोलीचालीमा नाटकीयता झल्कनु हुन्न । प्राकृतिक एवं स्वभाविक रुपमा प्रस्तुत हुनुहोस् ।
– मनकारी र सहयोगी बन्नुहोस् ।
– युवतीलाई यस्तो महसुस  नहोस् कि तपाई उसको पछि लाग्नुभएको छ । यद्यपी उसको हरेक कुरामा ख्याल गरेको महसुस  गराउनुहोस् ।
– धेरै पटक भेट्ने, फोन गर्ने वा सहजै सम्पर्कमा रहने बानी ठीक होइन । यसले तपाईको महत्व नरहन सक्छ ।